A
P
P
L
Y

९० वर्षमा मुलुककै दोस्रो पुरानो विद्यालय

1549870526sfsfsfsfsf.JPG

विराटनगर ।  नेपालको दोस्रो पूरानो विद्यालयले आज ९० वर्ष पार गरेको छ। विराटनगर ७ स्थित आदर्श माध्यमिक विद्यालयले ९० औं वार्षिकोत्सव मनाइरहेको छ। यो काठमाडौंको दरबार हाई स्कुलपछिको मुलुककै दोस्रो ठूलो तथा पूरानो विद्यालय हो । 

पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, सूर्यबहादुर थापा र मनमोहन अधिकारीले पनि यसै विद्यालयमा पढेका थिए।

१ बिघा १७ कठ्ठा ३ धुर जग्गामा फैलिएको यो विद्यालयमा अहिले १ हजार ९ सय ३७ छात्रछात्रा अध्ययनरत छन्। राणा शासनविरुद्ध आन्दोलनको थालनी गर्ने स्वर्गीय कृष्णप्रसाद कोइरालाले केही विद्यार्थी भेला पारेर १९८६ सालमा यो विद्यालय स्थापना गरेका थिए। पूर्वाञ्चलको १६ वटै जिल्लाका बालबालिका पढ्ने आदर्श विद्यालयले २८ माघमा ९० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

महानगरकै सबैभन्दा पुरानो उक्त विद्यालयमा १० हजार ३ सय ८६ पुस्तक, ६२ कम्प्युटर, ४६ ल्यापटप, स्मार्ट बोर्ड र गीत एवं कार्टुन चित्रमार्फत पढाउन ४३ बालबालिका भएको शिशु कक्षामा ४० इन्चको एलसीडी टीभी छ ।

विज्ञान, व्यवस्थापन र शिक्षा संकायका सबै विषयबाहेक उक्त विद्यालयमा विहानी पख ऐच्छिक कम्प्युटर, तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ (डीकम), डिप्लोमा इन सिभिल इन्जिनियरिङ, १८ महिने प्राविधिक एसएलसीको पढाइ हुन्छ । निजी विद्यालयको दाँजोमा सस्तो शुल्कमा यहाँ प्राविधिक विषयको पढाइ गराइन्छ । एसईई उत्तीर्ण भएकाको हकमा सहुलियत शुल्क एवं छात्रवृत्तिमा विद्यालयले प्राविधिक विषय पढाउने प्रबन्ध मिलाएको प्राचार्य दुलाले बताए ।