IPO नतिजा कसरी हेर्ने ?

IPO नतिजा कसरी हेर्ने ?

IPO नतिजा कसरी हेर्ने। सेयर बजार अहिले सबैको चासो र चर्चाको बिषय बनेको छ , पछिल्लो समयमा हितग्राही खाता (DEMAT A/C) खोल्नेहरुको संख्या अत्याधिक वृद्धि भएको छ । बिषेश गरी अहिलेको युवा पुस्ताहरुमा सेयर बजार प्रति आकर्षण बढेर गएको छ , सेयर बजारमा भएको सुचना र प्रबिधीको बिकास तथा बिस्तारले यसलाई मदत गरेको छ । सेयर बजारको प्रबेशद्धार (Entry Gate)जस्तै मानिने प्राथमिक सेयर निस्कासन (Initial Public Offering| IPO) मा सेयर भर्नेको संख्यामा तिब्र बृद्धि देखिएको छ । आज भन्दा १/२ बर्ष अगाडी २/३ लाख जनाले मात्र भर्ने IPO आज २० लाख बढीले भर्ने गरेका छन् । IPO मा आएको आकर्षण सँगै केन्द्रिय निक्षेप प्रणाली (CDSC) ले लगानीकर्ताको गोपनीयता लाई मध्यनजर गर्दै संचार माध्यम बाट IPO Result निकाल्न बन्देज गरेको छ । त्यसैले अहिले निम्नलिखित माध्यमबाट मात्र IPO Result सार्वजनिक गर्ने व्यवस्था गरिएको छ :- १. मेरो सेयर / CDSC CDSC ले IPO Result सार्वजनिक गर्नको लागि  नँया वेबसाइट https://iporesult.cdsc.com.np को व्यबस्था गरेको छ । सम्बन्धित कम्पनी र आफ्नो हितग्राही खाता नम्बर (DEMAT Number/BOID ) राखेर IPO को नतिजा हेर्न सकिन्छ ।
२. शेयर बिक्री प्रबन्धक (Issue Manager) IPO हेर्ने अर्को माध्यम भनेको शेयर बिक्री प्रबन्धक (Issue Manager) हो । उदारहणको लागि Union Life Insurance को IPO Result, Union Life Insurance को बिक्री प्रबन्धक (Issue Manager), Prabhu Capital को Website बाट हेर्न सकिन्छ ।
३. सम्बन्धित कम्पनी IPO Result सम्बन्धित कम्पनीको माध्यम बाट पनि प्रकाशित गर्न सकिन्छ । उदाह।णको लागि Jeevan Bikash Laghubitta Bittiya Sanstha Ltd.  को IPO Result, Jeevan Bikash Laghubitta Bittiya Sanstha Ltd. को Website बाट प्राप्त गर्न सकिन्छ ।
Also, Read;
IPO Result
Ipo Result of Upakar Laghubitta
Mero Share
Asus ROG Phone 6: Specifications and Price in Nepal
Leave your comment
Comment
Name
Email
Weekly Newsletter

Get the latest update for all educational needs like counseling, news, notices, results, scholarships, entrance preparation, and opportunities.