A
P
P
L
Y

नेपालमै पहिलो पटक ‘लोकवार्ता विज्ञान’को अध्ययन अध्यापन शुरू

1557921937mid-western-university.jpg

सुर्खेत – नेपालमै पहिलो पटक मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन शुरू भएको छ।

मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले सोमवारबाट ‘लोकवार्ता विज्ञान’को अध्ययन अध्यापन शुरू गरेको हो।

४ सेमेस्टरमा शिक्षण गराइने उक्त विषयको अवधि २ वर्ष हुने मानविकी तथा सामाजिक शास्त्र संकायका डीन खोपीराम लम्सालले जानकारी दिए।

नेपालमै पहिलो पटक कर्णालीबाट नौलो विषय ‘लोकवार्ता विज्ञान’ शुरूआत हुनुले गौरवान्वित बनाएको बताउँदै डीन लम्सालले भने, ‘यसको अध्ययन अध्यापनले यहाँको मौलिक संस्कार, संस्कृति, सम्पदा र सभ्यताको मात्र अनुसन्धान हुने छैन, समुदायमा विद्यमान जनबोली, सामाजिक विश्वास, कला, साहित्य, विभिन्न पर्व, धर्म र परम्परागत प्रथाहरूको खोज र अन्वेषण पनि गर्नेछ।’

‘कर्णाली बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त प्रदेश हो,’ उनले थपे, ‘यसको अध्ययन अध्यापनले यहाँको इतिहास, पुरातत्व र संस्कृतिलाई उत्खनन, पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ।’

त्यसका साथै कर्णाली प्रदेशमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय पहिचान दिने जनशक्ति उत्पादन गर्ने उनको जिकिर थियो।

उनका अनुसार प्राचीन सिल्करोड, सिञ्जा सभ्यता र कर्णालीको मौलिक संस्कृतिको समेत अध्ययन अनुसन्धान हुुने भएकाले नयाँ आयाम थपिने छ।

पहिलो पटक प्रारम्भ गरिएको ‘लोकवार्ता विज्ञान’ले कर्णाली र  नेपाल मात्र नभई दक्षिण एसियाकै परम्परागत संरचना, संस्कृति, संस्कार र मौलिकताको खोज अनुसन्धानसहित राष्ट्रियताको बोध गराउने जनाइएको छ।

स्रोत