A
P
P
L
Y

ईक्यान शैक्षिक मेला असार २६ देखि

1560935719ecan.jpg

काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले असार २३ गतेदेखि २९ गतेसम्म राजधानीम वृहद शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। संघले सोमबार पत्रकार सम्मेलन गरेर मेलाबारे जानकारी गराएको हो।

ईक्यानले आयोजना गर्न लागेको शैक्षिक मेलाको यो तेह्रौ श्रृङखला हो। मेलाबाट विद्यार्थी तथा अभिभावकलाई अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धि जानकारी र परामर्श समेत पाउनेछन्। मेलामा भारत,चीन, वंगलादेश, पाकिस्तान, श्रीलङका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, नर्वे, फिनल्याण्ड, मेलेसिया, जर्मनी, डेनमार्क, साइप्रास, लगायत मुलुककमा विश्वविद्यालय तथा कलेजका प्रतिनीधी स्वयम उपस्थित भएर विद्यार्थीलाई परामर्श दिनेछन्।

नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्ष प्रणाली तथा कुन विषय पढ्दा के फाइदा हुन्छ तथा कस्ता विषयमा छात्रवृत्तिको व्यवस्था कस्तो रहेको छ भन्ने विषयमा जानकारी दिनते पत्रकार सम्मेलनमा ईक्यान अध्यक्ष विष्णुहरि पाण्डेले बताए। 

उनका अनुसार मेलामा चार सय भन्दा बढी स्टल रहनेछ। मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिनेछ। ईक्यान महासचिव शेषराज भट्टराइले यस पटकको मेलालाई विगतको भन्दा फरक तरिकाले सञ्चालन गर्ने बताए। मेला अवधिभर रक्तदान, प्राथमिक उपचार केन्द्र सञ्चालन तथा डेन्टल क्याम्पको समेत व्यवस्था गरिने भट्टराले बताए। अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक समाचारपत्रमा लेखिएको ।