Admission in BHU

प्रतेक वर्ष आफ्नो लक्ष्य अनुसारको अध्यन गर्न हजारौ विद्यार्थी विदेश जाने गर्दछ।जहा इच्छा त्यहाँ उपाई भने झै आफ्नो अध्यन कृषिमै गरेर समाज र देशको सेवा गर्ने सोचमा हुनुहुन्छ। यसका लागि विद्यार्थीहरु अनयोलमा हुन्छन्।कहा पढने, कसरी राम्रो अध्यन केन्द्र पता लगाउने भन्ने थुपरै कुराहरु मनमा आइरहेको हुन्छ।यदी कृषिमै B.Sc.ag, M.Sc.ag, Phd. अध्यन गर्न खोज्दै हुनुहुन्छ।त्यसको लागि प्लस २ साईन्स बाट पढाई सकेको हुनुपर्छ।
हाम्रो नेपालमा एउटा उखन छ “न्याई पाउन गोरखा जानु, ज्ञान हराए काशी जानु”। काशी यानि बनारस (वराणसी)। बनारसलाई ज्ञानको राजधानी भनेर पनि चिन्हिन्छ।भारतको प्रख्यात विश्वविद्यालय मध्य काशी हिन्दु विश्वविद्यालय (Banaras Hindu University) पनि एक उत्कृष्ट विश्वविद्यालय हो।अन्तराष्ट्रिय विद्यार्थीहरुको लागि काशी हिन्दु विश्वविद्यालय एउटा अतिनै महत्वपूर्ण अध्यन केन्द्रको रुपमा प्रख्यात रहेको छ।यस विश्वविद्यालयले सुलभ रकममा गुणस्तरिय शिक्षा, खाना र आवासको सुबिधा प्रदान गरदै आइरहेको छ। अन्तराष्ट्रिय विद्यार्थीहरुको लागि धेरै राम्रो अन्तराष्ट्रिय आवासको व्यवस्था छ। तपाईहरु पनि B.Sc.ag, M.Sc.ag, Phd. मा आफ्नो दक्क्षता काशी हिन्दु विश्वविद्यालय (Banaras Hindu University) बाट लिन सक्नु हुन्छ। अन्तराष्ट्रिय विद्यार्थीहरुको लागि International Center, Banaras Hindu University, Varanasi, India ले हरेक वर्ष march, April मा फारम खोलछन्।  काशी हिन्दु विश्वविद्यालयको वेवसाईट बाट पनि जानकारी लिन सकिन्छ। वेवसाईट bhu.ac.in मा गएर Admission and help desk for International Students लाई क्लिक गरेर Admission form तथा थप जानकारी लिन सक्नु हुनेछ।

 

Also, Read;
Elon Musk buys Twitter
IPO Result
Pokhara University
MBA in Nepal

Leave a Comment