१. खासगरी परीक्षाको विज्ञापन भएपश्चात् आत्मविश्वासका साथ पाठ्यक्रम बमोजिमका सामग्री तयारी गर्दै निखार ल्याउँदै जाने । तयारीलाई निरन्तरता दिने र यथासम्भव सरल र समरूप जीवनशैली अपनाउने ।
२. जुनसुकै विषय वा शीर्षकबारे विषयगत प्रश्नको उत्तर तयार पार्दा कम्तीमा तीनवटासम्म पाठ्यसामग्री अध्ययन, नोट तयारी, चिन्तन, विश्लेषणसमेत गरी वेलाबखत सो कार्यलाई दोहो¥याउने गर्नुपर्छ । साथै तयारी पूरा भए–नभएको थाहा पाउन परीक्षाको अंकभारअनुसारको प्रश्न तयार गरी उत्तर लेखेर स्वयं परीक्षण गरी अंक दिई राख्ने वा अन्य अग्रजलाई परीक्षण गर्न लगाई पृष्ठपोषण प्राप्त गर्नु उचित हुन्छ ।
३. अध्ययन गर्दा एउटै स्थान, एउटै परिवेशमा भन्दा अलि फरक र रुचिअनुसार फुर्सदको समयमा वा ध्बपिष्लन को क्रममै भए पनि प्राकृतिक मनोहारी स्थान– जस्तो कि चौतारी, पोखरी वा खोलाको किनार, उच्च पहाड वा भञ्ज्याङ, मन्दिरको परिसरजस्ता स्थानमा बसेर स्मरण गर्ने वा अध्ययन गर्ने बानी बसाल्नु उपयोगी हुन्छ ।
परीक्षा तयारीका लागि टिप्स:
- समरूप जीवनशैली
- मौलिक पाठ्यसामग्री तयारी
- स्थान र परिवेशमा नयाँपन
- उच्च महत्वको समयको ज्यादा प्रयोग
- थप मिहिनेत
४. हरेक व्यक्तिको जैविक घडी आ–आफ्नै हुन्छ कसैलाई बिहान सबेरै, कसैलाई बेलुकीपख, कसैलाई राति सुनसान भएपछि, कसैलाई मध्याह्नमा अध्ययन गरेको प्रभावकारी हुन सक्छ । तसर्थ आफ्नो उच्च महत्वको समय पहिचान गरेर सोको भरपूर उपयोग गर्नुपर्छ ।
५. थोरै भए पनि थप मिहिनेत अर्थात् भ्हतचब भायचत को खाँचो प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गर्न आवश्यक छ । उत्तीर्ण हुनेभन्दा पनि आफूलाई अरूभन्दा उत्कृष्ट सावित गरेर तोकिएको संख्यामा पर्ने विषय सजिलो छैन तर असम्भव पनि छैन । यदि आत्मबल, समर्पण, विश्वास र समय व्यवस्थापन राम्रो भयो भने परीक्षा उत्तीर्ण भइन्छ र देशको सेवा गर्ने अवसर मिल्छ ।