नयाँ आइपिओ : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड (Manushi Laghubitta Bittiya Sanstha Limited) ले प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओ (IPO) मार्फत ३,९३,७५० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अकिंत मुल्य रु.१०० (एक सय रुपैयाँ )दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर बिक्री गर्ने भएको हो ।

निष्काशन गरिएको शेयर मध्ये जारी पूँजीको ०.५% अर्थात ५,४६९ कित्ता शेयर कर्मचारीहरुलाई तथा सर्वसाधारण लाई छुट्टाइएको शेयर को ५% अर्थात १९,६८८ कित्ता शेयर सामुहिक लगानी कोषलाई गरी बाँकी रहने ३,६८,५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले श्रावण २७, २०७८ देखि श्रावण ३१, २०७८ बैकिङ्ग समय सम्म सेयरमा आवेदन दिन सक्नेछन । सेयरमा न्युनतम १० कित्ता देखि अधिकतम १ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । आइपिओमा सि–आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र यस अन्तर्गतका शाखा कार्यालयहरु तथा मेरो सेयर (Meroshare) को माध्यमबाट अनलाइन मार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । निष्काशन गर्न लागिएको यस आइपिओ लाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस “CARE-NP B+ (Is) [Single B Plus (Issuer)]” रेटिङ प्रदान गरेको छ, जस्ले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।

Leave a Comment